मिडियामा महिला सहभागिता नभए समाचारमा फरक दृष्टिकोणको अभाव हुन्छः अमेरिकी राजदूत

Advertisement

काठमाडौं । अमेरिकी राजदूत र्याण्डी बेरीले मिडियामा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका छन् । सोमबार सञ्चारिका समूहले गरेको कार्यक्रममा उनले मिडियामा महिलाहरूको अर्थपूर्ण सहभागिता नहुँदा समाचारमा फरक दृष्टिकोणको अभाव हुने बताए । 

सबै क्षेत्रमा विविधतापूर्ण प्रतिनिधित्व नभएमा कुनै पनि समाज कार्यक्षमताअनुसार अघि बढ्न नसक्ने भन्दै बेरीले तालिममा दिइने विषयवस्तुले सहभागी पत्रकारको गम्भीरता र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले जिम्मेवार पत्रकारिता र  सही समाचारले नागरिक सुसुचित हुने र त्यसले लोकतन्त्र सुदृढ हुने बताए ।  

Advertisement

कर्पोरेट नेपालकी प्रधान सम्पादक यशोदा तिम्सिनाले महिलालाई नीति निर्माण गर्ने निर्णायक तहमा पुर्याउन जरुरी रहेको बताइन् । महिला पत्रकारमा पनि समावेशी सिद्वान्त लागू हुनुपर्ने उनको भनाई थियो । 

समूहकी अध्यक्ष बिमला तुम्खेवाले महिला पत्रकारको क्षमता अभिवृध्दिका लागि संस्थाले पहल गर्ने र सोही अनुरूप कार्यक्रम भइरहेको जानकारी दिइन् । कार्यक्रममा देशभरीबाट आएका २० जना महिला पत्रकार थिए । 

Advertisement

Advertisement