काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ भने सय जना घाइते भएका छन् । गृह मन्त्रालयले ७२ जना बेपत्ता रहेको जानकारी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । मन्त्रालयले उद्दार र राहत कार्य जारी रहेको भन्दै नेपाली सेनाको हेलिकप्टरले मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा उद्दार गरेको जनाएको छ ।