दुई किलो तीन सय ५० ग्राम सुनसहित पाँच जना पक्राउ

Advertisement

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट  दुई किलो तीन सय ५० ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन् । 

विमानस्थल सुरक्षा कार्यालयमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले हिमालय एयरलाइन्सको  शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन कर्मचारीसहित पाँच जना पक्राउ परेको जानकारी दिए ।  

Advertisement

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । 

शौचालयमा लुकाइएको सुन पास गराउन खोज्दा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । 

Advertisement

Advertisement