आज र भोलि भारी वर्षाको सम्भावना, कहाँ-कहाँ हुनेछ वर्षा ?

Advertisement

काठमाडौं । कोशी, मधेश,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । 

हाल कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र  गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीसमेत चल्नेछ ।

त्यसैगरी ​राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी शुक्रबार​ दिउँसो कोशी प्रदेशमा र राति बागमती प्रदेशका पहाडी भू-भागमा भारी वर्षा हुनेछ ।

Advertisement

Advertisement