नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि दुई वटा समूह चुनावी प्रतिस्पर्धामा

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघको यही जेठ २७ र २८ गते हुन लागेको अधिवेशन तथा निर्वाचनमा दुई वटा समूह चुनावी प्रतिस्पर्धामा जुटेको छ । 

संघको नेतृत्वका लागि निमा नुरु शेर्पा समूहले आफ्नो मनोनयन दर्ता गरेको छ भने माया शेर्पा समूहले भने अध्यक्षमा निमा नुरुलाई समर्थन गर्दै अन्य पदहरुमा उम्मेदवारी घोषणा गरेको छ । 

Advertisement

कुल १८ वटा पदहरुमा हुने निर्वाचनमा संघको वैधानिक क्षेत्र विभाजन अनुसार आरोही, व्यवसायी र मजदुर क्षेत्रको तर्फबाट समावेशी, अनुभवी र सशक्त उम्मेद्वारहरु समेटिएको निमा समूहका महासचिवका प्रत्यासी मोहन लम्सालले दावी गरे । 

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पान्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे छन् ।

त्यस्तै, सदस्यका उम्मेदवारहरुमा सिंगी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बु छिरिङ शेर्पा (लामा), पासाङ दावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् ।

त्यस्तै, माया समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (प्रर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा द्वितीय उपाध्यक्षमा साकी तामाङ, महासचिवमा आङ पेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरि गेल्जेन शेर्पा छन् । 

त्यस्तै, सदस्यहरुमा पेम्बा शेर्पा, कान्छा नुर्बु शेर्पा, पासाङ शेर्पा, दावा टसी शेर्पा, ल्हाक्पा देण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङा छिरिङ शेर्पा, फुर दिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् । 

माया समूहको मान्यता संघमा पर्वतारोहीहरुले नेतृत्व गर्न पाउनुपर्छ भन्ने छ । विगतका निर्वाचनमा राजनैतिक प्यानलबाट उमेदवार दिने भएता पनि यश बर्ष गैरराजनीतिक संस्थामा राजनीतिक हावी हुन नदिने यो समूहको प्रयास छ । 

Advertisement

Advertisement