भोलिदेखि सबै आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

Advertisement

काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको संस्था वायुसेवा सञ्चालक संघले रात्रिकालिन उडानसहित हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै भोलि बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्ना पाँच बुँदे माग अघि सार्दै उक्त घोषणा गरेको हो । माग सम्बोधन नभएसम्म उडान रोक्ने संघका अध्यक्ष रामेश्वर थापाले बताए । 

Advertisement

उनीहरुले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने, रात्रिकालिन उडानमा रहेको प्राविधिक समस्या समाधान गर्नुपर्ने शर्त अघि सारेका छन् । 
 

Advertisement

Advertisement