वर्ल्ड बुक अफ रेकर्डस्मा नाम दर्ता गराउन सफल कुन्शाङ र डान्सिङ स्टार्स छिरिङलाई पर्यटनमन्त्रीको बधाई

Advertisement

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकनमा सहभागी भई वर्ल्ड बुक अफ रेकर्डस्मा नाम दर्ता गराउन सफल कुन्शाङ शेर्पा र डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पालाई बधाई तथा शुभकामना दिएका छन् ।

सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा श्रेष्ठले सोमबार उनीहरुलाई बधाई तथा शुभकामना दिएको शेर्पा ईभेन्ट अर्गनाइजरका पूर्वअध्यक्ष नुरु शेर्पाले जानकारी दिए । उच्चस्तरीय शिक्षा हासिल गर्न अस्ट्रेलिया अध्ययन गर्न जान लागेका कुन्शाङ शेर्पालाई हौसला र उच्च शिक्षा हासिलपछि पुनः नेपाल फर्की आउन मन्त्रीले सुझाव दिएको पूर्वअध्यक्ष शेर्पाले बताए । 

Advertisement

गत वर्षको असोज ३१ गते ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकन सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको गरी वर्ल्ड बुक अफ रेकर्डस्मा नाम दर्ता गराउन उनी सफल भएका थिए । 

म्युजिक भिडियोको छायांकनका लागि काठमाडौँबाट १८ जना युवा सोलुखुम्बुको महाकुलुङ गाउँपालिमा कार्तिक २३ गते पुगेका थिए । उक्त परियोजनामा ७ जिल्लाका १८ जना युवाहरु सहभागी भएकोमा सोलुधुकुन्डा नगरपालिका–२ मोपुङ, सोलुखुम्बुका छेतेन शेर्पा मेरापिक आरोहण गरि फर्कने क्रममा मौसम खराबी कारण बेपत्ता भएका थिए ।

त्यस्तै, रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ रियालिटी शोको विजेता तथा शेर्पा चलचित्र संघका अध्यक्ष तथा च्यारिटी नेपाल फाउन्डेसनका कोषाध्यक्ष छिरिङ शेर्पालाई पनि पर्यटन मन्त्री श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

Advertisement

Advertisement