काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले एकैपटक २० वटा वस्तुको नेपाल गुणस्तर मापदण्ड स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल गुणस्तर परिषद्को ११३ औं बैठकले हिम पाइप, सिमेन्ट पोलिमर पाइप, पानी, मेटल (धातु) का गरगहना लगायतका तत्वहरुको नेपाल गुणस्तर मापदण्ड एनएस र आईएसओ मापदण्ड स्वीकृत गरेको हो ।
गुणस्तर परिषद्ले सिमेन्टबाट निर्मित हिम पाइपलाई एनएस ८०ः २०२४ गुणस्तर मापदण्ड प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, सिमेन्टेड टेक्टाइल (पीपी) पाइपको एनएस ५९१ः २०७७ गुणस्तर मापदण्ड स्वीकृत भएको छ ।
यस्तै, युपीभीसीको एनएस ५१९ : २०६४, ज्वईलरी तथा पेरियस मेटलका लागि आइएसओ २३३४५ः२०२१ गुणस्तर मापदण्ड स्वीकृत गर्ने परिषद्ले निर्णय गरेको छ ।
केमा कुन मापदण्ड स्वीकृत भयो ? (सूचि)