एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमका दुई विजेताले पाए एक–एक लाख उपहार

Advertisement

काठमाडौं । एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई रु एक–एक लाख रुपियाँ वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलर स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको हो ।

काठमाडौं बालुवाटार निवासी डा. वेदप्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजनाअन्तर्गत हरेक हप्ता गरिने लक्की ड्रमा रु एक– एक लाख जित्न सफल भएका थिए ।

Advertisement

एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

यो लक्की ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement