सुरु भयो दोलखाको सोक्ला गाउँमा ‘रक क्लाइमिङ’

Advertisement

काठमाडौँ । दोलखाको सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाविङ एण्ड हाइकिङ’ रुट सुरुवात गरिएको छ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित सोक्ला पर्यटन विकास समाजले उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेको हो । 

प्रशिक्षक तथा अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाका अनुसार खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटै पहरामा मिनी रक क्लाविङ, एडभान्स र हाइ लेवलको रक क्लाविङ गर्न सक्ने छ ।  

Advertisement

उनले भने,  ‘सोक्लाको रक, भूगोल र वातावरणीय दृष्टिले रक क्लाविङसँगै साइक्लिङ गर्न सकिन्छ । स्वेदशीभन्दा पनि विदेशीहरुका लागि यो उत्तम गन्तव्य हो ।’ अन्डरग्राउण्ड एडभेन्चर टुरिजमका लागि सोक्लाको भूगोल छनौटमा रहेको र यहाँ पाँच वटा रुट बनाएर रक क्लाविङ गर्न सकिने शेर्पाले बताए । 

उनले गुमडाँडाको डिलबाट पुनः प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु पर्ने र सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरे विदेशी पर्यटकहरु भित्र्याउन सक्ने बताए ।  

भीमेश्वर नगरका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाविङका परिक्षण गरेका छन् भने गाइड तथा प्रशिक्षक थिरबहादुर खड्का र शिव खड्काको टिमले पनि सफलतापूर्वक रक क्लाविङको परीक्षण गरेका हुन् । 

सोक्लाश्वरी पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताए । उनले सोक्लालाई एडभेन्चर टुरिजम गन्तव्य बनाउनका लागि रक क्लाविङ, बञ्जि र प्याराग्लाइडिङसँगै ¥याफ्टिङ प्रवर्द्धनमा भीमेश्वर नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताए । 

त्यस्तै फ्रान्सका पर्यटकहरुले समेत सोक्ला गाउँको रक क्लाविङ क्षेत्रको भ्रमण गरे । उनीहरुले सोक्लाको पर्यटकीय गन्तव्यको तस्वीरहरु साथै भिडियो आफ्ना देशमा पनि प्रचार गर्ने बताए । उनीहरु दोलखा, दुङगल, गंरास, डिलढुंगा चक्पा हुँदै सोक्ला पुगेका थिए । 


 

Advertisement

Advertisement