बुद्ध एयरले रात्रिकालिन उडानको मात्रै भाडा घटायो

Advertisement

काठमाडौं । बुध्द एयरले रात्रिकालिन उडानको भाडा मात्रै सामान्य घटाएको छ । त्रिभुवन विमानस्थलको स्तरोन्नतीका लागि ‘नाटाम’ जारी भएपछि वायुसेवा कम्पनीहरुले मनलाग्दी भाडा बढाएको भन्दै चर्को आलोचना भइरहेको बेला बुद्धले रात्रिकालिन उडानको सामान्य भाडादर घटाएर आलोचना कम गर्ने प्रयास गरेको हो । 

उडान थप सहज बनाउन भन्दै कम्पनीले विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा राती घटाएको जनाएको छ । बुध्द एयरले पोखराको लागि रु. पाँच सय, भैरहवा तथा नेपालगञ्जका लागि रु. एक हजार तथा जनकपुरधामका लागि रु. आठ हजार भाडादर घटाएको जनाएको छ । 

Advertisement

सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुध्द एयरले अब दैनिक थालेको छ । त्यसैगरि भैरहवाबाट पोखराको लागि दैनिक एक अतिरिक्त उडान थप गरेको जनाएको छ । 

काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुध्द एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरले अहिले दिउसो काठमाडौं–पोखराको भाडा न्यूनतम् चार हजार दुई सय रुपियाँ लिँदै आए पनि भरतपुर लगायतका प्रतिस्पर्धा कम भएका गन्तव्यमा भने चर्को भाडा अशुल्दै आएको छ । 
 
त्यसैगरी उसले काठमाडौं–भद्रपुरको दिनको हवाई भाडा न्यूनतम् छ हजार दुई सय, काठमाडौं– नेपालगन्जको दिनको हवाई भाडा न्यूनतम् छ हजार पाँच सय, काठमाडौं–जनकपुरको दिनको हवाई भाडा न्यूनतम् चार हजार एक सय भाडा अशुल्दै आएको छ । रात्री उडानमा भने ती गन्तव्यमा भाडा कम पर्ने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement