हिमालय एअरलाइन्स्ले कुवेत उडान पनि सुरु गर्यो, कुवेत जोड्ने पहिलो नेपाली एयरलाइन्स

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्ले कुवेतको पहिलो निर्धारित उडान शुक्रबार सफलतापूर्वक सञ्चालन गरेको छ । उक्त उडान हिजो राति १०ः३२ बजे काठमाडौंबाट प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ः१७ बजे काठमाडौं अवतरन गरेको कम्पनीले जनाएको छ । 

एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दैे आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको सफलतापूर्वक पहिलो उडान गरेको बताएको छ । उडान उद्घाटनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र एयरलाइन्सको उच्च पदाधिकारी सहभागी थिए ।

Advertisement

हिमालय एअरलाइन्स्ले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्नेछ । अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य मानिन्छ । यससँगै काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउँदा गर्व लागेको कम्पनीले जनाएका छ । 

कम्पनीका प्रशासनिक उपाध्यक्ष, विजय श्रेष्ठले हिमालय एअरलाइन्स् एक प्रगतिशील वायुसेवा कम्पनी भएको बताउँदै आफूहरुले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको बताएका छन् । 

एअरलाइन्स्को एअरबस् ३२० लाई प्रयोग गरिने यस रुटको टिकट बुकिङका लागि यात्रुहरूले हिमालय एअरलाइन्स्को बिक्री कार्यालय वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्नेछन् । 

हिमालय एयरलाइन्स तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी र नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको संयुक्त लगानीको कम्पनी हो । 
 

Advertisement

Advertisement