अष्ट्रेलियासँग सिधा हवाई कनेक्टिभिटिका लागि पहल गर्न पर्यटन बोर्डका सीईओको आग्रह

Advertisement

काठमाडौँ । नेपाल र अष्ट्रलियाबीच पर्यटन प्रवर्द्धन गर्न सहकार्य गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी र काठमाडौंस्थित अष्ट्रेलियन दूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच कुराकानी भएको छ । 

सोमबार भएको भेटमा दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको बोर्डले जानकारी दिएको हो । त्यस अवसरमा आर्थिक तथा पर्यटन कुटनीतिका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको जनाइएको छ । 

Advertisement

यस्तै दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिन र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा पनि कुरा भएको बोर्डको विज्ञप्तिमा उल्लेख छ । 

बोर्डका सीईओ रेग्मीले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको जानकारी दिँदैे साहसिक पर्यटनमा रुची राख्ने अष्टे«लियन पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए । उनले अष्टे«लिया र नेपालबीच सीधा हवाई कनेक्टिभिटी नभएको कारण पर्यटक कम आएको उल्लेख गर्दै हवाई कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरे । 

दुतावासका नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दूतावास तयार रहेको बताए । अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा कुटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अगाडी बढाउनु पर्ने उनको भनाई थियो । 

Advertisement

Advertisement