कोभिडले रोकिएका जलविद्युत् आयोजनाको म्याद थप्ने प्रक्रिया सुरु

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोभिड-१९ महामारीका कारण रोकिएका निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाहरूको म्याद १ वर्ष थप्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत जेठ २६ मै यस्तो निर्णय गरेको थियो। जसअनुसार प्राधिकरणले प्रक्रिया अघि बढाएको हो।

प्राधिकरणले २०७७ चैत ११ देखि २०७८ चैत १० सम्म कोभिडले बन्द भएका निर्माणाधीन जलविद्युत्‌को म्याद थप्न लागेको हो।

Advertisement

आयोजनाहरूको व्यापारिक उत्पादन सुरु गर्ने मिती, वित्तीय व्यवस्थापन गर्नुपर्ने मिति र विद्युत् उत्पादनको अनुमतिपत्र बुझाउनुपर्ने मितीको म्याद १ वर्ष थप्न लागेको हो । 
कोभिड–१९ ले निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजना कम्तीमा दुई वर्ष पछाडि धकेलिएका थिए। कुल तीन हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको थियो। काभिड–१९ ले प्रभावित नपारेको भए निर्माणाधीन २४ वटा आयोजनाबाट एक वर्षभित्र उत्पादन सुरु हुन्थ्यो।

निर्माण चरणमा रहेका बाहेक थप ३०० मेगावाट आयोजना पनि वित्तीय व्यवस्थापनको तयारीमा पुगेर थन्किएका छन्। कोभिडकै कारण पुँजी जुटाउन सकिएका थिएनन् । त्यस्तै १८००० मेगावाट क्षमताका आयोजना सर्भे, डिजाइन र स्टमेट सकेर विद्युत् खरीद सम्झौता (पीपीए) गर्ने तयारी भए पनि विभिन्न समस्यामा अल्झिरहेको छ।

विद्युत् खरिद सम्झौतामा व्यावसायिक विद्युत् उत्पादन गर्न तोकिएको मिति (आरसिओडी) मा लकडाउनको अवधिभित्र परेका आयोजनाको आरसिओडी अवधि अहिलेलाई एक वर्षसम्म थप गर्ने निर्णय गरेको छ । कोभिड–१९ को प्रभावका कारण तोकिएको मितिमा विद्युत् उत्पादन हुन नसक्ने अवस्थालाई मूल्यांकन गरेर मात्र म्याद थप गर्न सकिने निर्णयमा उल्लेख छ । मन्त्रालयको यो निर्णयले निजी क्षेत्रबाट अहिले निर्माण चरणमा रहेका करिब ३ हजार ५ सय जलविद्युत् आयोजनालाई राहत पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको भनाइ छ। 

Advertisement

Advertisement