काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहणमा आफूले यसअघि बनाएको कीर्तिमान आफैले तोडेका छन् ।
सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गरेर कीर्तिमान बनाएका उनले अहिलेको वसन्त सिजनमा २९औं पटक सगरमाथा चढेर यसअघिको कीर्तिमान तोडेका हुन् ।
शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको आरोहण कम्पनी सेभन समिट प्रालिले जनाएको छ ।
सोलुखुम्बुको थामेका जन्मिएका शेर्पाले १९९२ देखि हिमाल आरोहण यात्रा सुरु गरेका थिए । सगरमाथाबाहेक उनले केटू, चोयु, ल्होत्से, मनास्लुलगायतका अग्ला हिमाल पनि आरोहण गरिसकेका छन् ।
कामिरिता शेर्पा २९औं पटक सगरमाथा आरोहण गर्दै, आफ्नै विश्व रेकर्ड तोड्दै !
सरकारले जोगाएन भने अबको ५-१० वर्षपछि हिमाली क्षेत्रमा शेर्पाहरु नपाइनसक्छः कामिरिता शेर्पा