नेपाल-अष्ट्रेलिया सिधा उडानका लागि प्रारम्भिक प्रक्रिया सुरु

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल–अष्ट्रेलियाबीच सिधा उडानका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपाल–अष्ट्रेलिया दुई मुलुकबीच सिधा उडानका लागि महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अष्ट्रेलियन राजदूतावासका डेपुटी हेड पल म्याकअर्नसँग औपचारिक छलफल गरेका हो । उताबाट सकारात्मक प्रतिक्रिया आएको र सकेसम्म दुई गन्तव्यबीच छिटै सिधा उडान गर्नका लागि दूतावासले सहमत रहेको निरौलाले बताए । 

Advertisement

उनका अनुसार अहिले विदेशी वायुसेवाले मात्र अष्ट्रेलियामा उडान गर्दै आएका छन् । नेपाल–अष्ट्रेलिया सिधा उडान सुरु भएसँगै नेपाली वायुसेवा कम्पनी सेवामा आउँदा विदेशी मुद्रा आर्जनमा पनि टेवा पुग्नेछ ।

दुई वर्ष अगाडि सन् २०१९ सेप्टेम्बर ३० तारिखमा नेपाल–अष्ट्रेलिया सिधा उडानका लागि द्विपक्षीय हवाई उडान सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार नेपाल–अष्ट्रेलिया सिधा उडानमा नेपाली वायुसेवाले अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन र पर्थका गन्तव्यहरुमा नियमित उडान गर्न सक्ने निरौलाले जानकारी दिए । 
 

Advertisement

Advertisement