दुई करोड ३४ लाख कित्ता हकप्रद निष्कासन गर्दै एलआईसी

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 

Advertisement

कम्पनीको हकप्रदमा मंसिर १२ गतेदेखि पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

शेयर खरिदका लागि दरखास्त नेपाल एसबिआई मर्चेण्टको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सको कार्यालय पुतलीसडक तथा सम्पूर्ण कार्यालय तथा सि–आस्वामा आबद्ध बैँक तथा वित्ती संस्थामा दिनुपर्नेछ । 

आवेदन पनि सोही ठाउँमा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement