दुई कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा र लाक्पा देण्डी शेर्पाले केटु स्पिड च्यालन्ज गर्दै

Advertisement

काठमाडौं । विश्वको दोस्रो अग्लो तथा ८,६११ मिटर अग्लो केटु हिमालमा केटु स्पिड च्यालन्ज् २०२२ हुने भएको छ । दुई कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा र लाक्पा देण्डी शेर्पाले ८,६११ मिटर अग्लो केटु हिमालमा केटु स्पिड च्यालन्ज् बुधबार बेलुकी पाकिस्तान समय अनुसार ५ बजेबाट सुरु गर्न लागेको कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पाले जानकारी दिए । 

हालको २२ घण्टाको स्पिड रेकर्ड तोड्न एडभान्स बेस क्याम्पबाट आज सुरु गरेर भालि बिहान केटु हिमालको चुचुरोसम्म पुग्ने प्रतिस्पर्धा हुने पर्वतारोही लाक्पा देण्डी शेर्पाले बताए । सो आरोहण गरेको जोकोहिले पनि गार्मिन लिङ्कबाट हेनसक्ने उनले बताए । 

Advertisement

केटु स्पिड च्यालन्ज् २०२२ को लागि कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा, कतारी राजकुमारी शेखा आस्मा अल थानी, एन्ट मिडलटन, कीर्तिमानी पर्वतारोही छाङदावा शेर्पाले सपोर्ट गरेका शेर्पाले कपोरेट नेपाललाई जानकारी दिए । 

कतारी राजकुमारी थानीले विश्व कीर्तिमानी पर्वतारोहीहरु निर्मल पुर्जा, मिङमा डेविड शेर्पाको नेतृत्वमा एलिट एक्स्पेड कम्पनीमार्फत ८,६११ मिटर अग्लो केटु हिमालको जुलाई २२ तारिखका दिन बिहान ४ बजेर ३० मिनेटमा पाइला टेकेकी हुन् । 

Advertisement

Advertisement