आफूलाई देउवाले चुनाव प्रचारमा रोक लगाइएको भन्दै सागर ढकालले ‘गुहार’ मागे

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका चर्चित युवा उम्मेद्वार सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको भन्दै ‘गुहार’ मागेका छन् । 

उनले सोमवार सामाजिक सञ्जालमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन् । ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप लगाउँदै आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन् ।

Advertisement

ढकालले भनेका छन्, ‘मलाई जोगाइदिनुस् । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुल्लमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरि माइकिङ गर्न पनि दिएको छैन्।’

बीबीसीको तत्कालिन साझा सवाल कार्यक्रममा प्रश्न साधेवापत तत्कालीन प्रधानमन्त्री देउवाबाट गाली खाएका ढकालले अहिले देउवालाई हराउन डडेलधुराबाट उम्मेदवारी दिएका हुन् । अक्सफोर्डको पढाइ सकेर विभिन्न मुलुकमा काम गरिसकेका ढकाल अहिले प्रधानमन्त्री हुने भन्दै देउवासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । 

Advertisement

Advertisement