यस पटक मात्रै नभएर पाँच बर्षपछिको चुनाव पनि जिताउन थापाको आग्रह, जिताए राजनीति सुधार्ने

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने जिकिर गरेका छन् । 

आफ्नो पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा मंगलबार उनले आफू सांसद भए मात्रै काँग्रेसभित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने दावी गरेका हुन् । 

Advertisement

थापाले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्याउँदै त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरुले आफूलाई जिताउनका लागि समय लागिदिनुपर्ने बताए । 
उनले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लडन पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने उनको विश्वास छ । 

नेता थापाले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने दावी गरे । उनले भने, ‘तपार्इंहरु मलाई २ अवसर दिनुहोस् । म तपाईंहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु ।’

महामन्त्री थापाले अबको निर्वाचन पछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनी समेत दिए । जनप्रतिनिधिहरुले अब पनि मतदाताहरुमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरुले फेरि चुनाव लडन नपाउने पनि उनको भनाई छ । 

महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दावी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने बताए । 

Advertisement

Advertisement