सिप्रदी ट्रेडिङ प्रालिले १२ जनालाई दियो निःशुल्क अटो प्राविधिक तालिम

Advertisement

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ ।

दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरी रहेका सिप्रदीका च्यानल पार्टनरहरु– आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिश भएका १२ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम सके पछि सिफारीश गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन् । 

Advertisement

कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र  र खादा प्रदान गरेका थिए ।  

समारोहमा प्रशिक्षार्थीहरुलाई बधाइ एवं शुभकामना दिदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उत्पादन गरिएका टेक्निशीयनहरु नवीनतम प्रविधिका टाटा गाडीहरु समेत मर्मत सम्भार गर्न सक्षम रहेकाले, टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउने जानकारी दिए । 
 

Advertisement

Advertisement