काठमाडौं । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई अनुसन्धान गर्न दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी १० दिन म्याद थप भएको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो । त्यसपछि दोस्रो पटक ६ दिन म्याद थप गरिएको थियो ।
पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने पनि मुछिएको भन्दा पक्राउ गरी अनन्धान गरिरहेको प्रहरीले जनाएको छ ।