राजेन्द्र लिङदेनको नेतृत्वबाट प्रभावित भएर राप्रपालाई रोजें, नेपालको असल नेतृत्व उहाँ नै होः मनिषा

Advertisement

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाको पक्षमा लागेको बताउँदै भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको बताइन्े । 

Advertisement

कोइरालाले विपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । उनले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने बताउँदै भनिन, ‘आज म यहाँ उभिएको छु– राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि– भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । मलाई त्यो कुरा सुनेर लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु ।’ 

कोइरालाले थपिन, ‘अरुले बिर्सिए होला । तर राजेन्द्र लिङदेनजीले बिर्सनु भएको छैन विपी बालाई । विपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि नेपाललाई चाहिने कुरा राख्नु भएको छ । म चाहान्छु उहाँहरुलाई अत्याधिक भोटले जिताउनु हो्स् । उहाँहरुका सबै प्रतिनिधिहरुलाई । र, हलोमा भोट दिनुहोस् । र, तपाईंहरुको आवाज संसदमा बलियो होस् भन्ने म चाहन्छु ।’ 

विपी कोइराला र राजा महेन्द्र सरकार दुवैले एकअर्कालाई आदर गर्ने गरेको स्मरण गराउँदै अभिनेतृ कोइरालाले तर उनीहरुले कहिल्यै पनि सहकार्य गर्न नपाएको बताइन् । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको उनको भनाई छ । कोइरालाले अहिले त्यही मौका तपाईं हाम्रो ढोकामा आएको बताइन् । अब यो मौकालाई गुमाउन नहुने उनको भनाई छ । 

काइरालाले थपिन, ‘राप्रपालाई अत्याधिक भोट दिनुहोस् । राप्रपालाई जिताउनुहोेस् । सबैलाई जिताउनुहोस् भन्ने म आशा राख्दछु । तपाईंहरुले मलाई सधैं माया दिनु भएको छ । सधैं आर्शीवाद दिनु भएको छ । म त्यसमा गौरव गर्छु । र, म चाहान्छु कि तपाईहरुको माया मेरो जीवनभर रहोस् । तपाईहरु सबैको जयहोस् ।’

Advertisement

Advertisement