ओलीले जिते व्यवस्था अस्तब्यस्त हुन्छ, हामीले जिते जोगिन्छः ओन्सरी घर्ती

Advertisement

काठमाडौं । माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने दावी गरेकी छन् । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा उनले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको दावी गरिन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्दै घर्तीले मंसिर ४ गते औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको बताइन् । उनले अहिले देशले समृद्धि, शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धले मात्रै पूरा गर्नसक्ने बताइन् । 

Advertisement

एमालेका अध्यक्ष केपी ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुई पटक संसद विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको पनि घर्तीले बताइन् । उनले अहिलेको गठबन्धन प्रतिगमनको बिरुद्धमा लागेकाले अहिलको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने तर्क गरिन् । 

घर्तीले भनिन्, ‘देशले आज समृद्धि र शान्ति मागेको छ । देशले आज स्थिर सरकार, संविधान र व्यवस्थाको रक्षा मागेको छ । अहिलेको व्यवस्था नेपाली जनताले रगत र पसिना बगाएर बनाएको हो । केपी ओलीले आफ्नो बहुमतको सरकार पार्टी फुटाएर जनताले दिएको पाँच वर्षको बहुमतको सरकारलाई संसद विघटन गरी गठबन्धन गर्ने बाध्यता बनाउनुभएको हो । हामी प्रतिगमनको बिरुद्धमा गठबन्धन गरी हाम्रो व्यवस्थालाई जोगाउँदै जनताको समृद्धि गर्ने पक्षमा लागेका छौं । सम्पूर्ण काठमाडौं क्षेत्र नम्बर २ का जनताले गठबन्धनलाई भोट हाल्नुुस् नत्र केपी ओलीको प्रतिगमनले जित्छ । ओलीले जिते सबै व्यवस्था अस्तब्यस्त हुन्छ । उहाँले आफूलाई बहुमत दिनुस् भनेर हिँड्नु भएको छ रे । गठबन्धनले जनताका आधारभुत कुराको विकाश गर्ने एजेण्डा लिएर आएको छ । गठबन्धन देश परिर्वतन,जनताको समृद्धिको लागि जनताको घरदैलोमा आएका छौं । गठबन्धनको जित सुनिश्चित छ । जितको घोषणा हुन मंसिर ४ कुर्नुपर्ने भएकाले मंसिर ४ गते कुरेर बसेका छौं ।’

काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरु भने राजनीतिक दलहरुले गत ५ वर्षमा गरेको कामबाट सन्तुष्ट छैनन् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार गर्न आग्रह गरेका छन् । उनीहरुले खानेपानीको समस्या बढी रहेको भन्दै खानेपानी समस्या समाधान गर्नेलाई भोट दिने बताए । काठमाडौं ५ मा घर्तीलाई राप्रपाकी कुन्ती पोखरेलले कडा चुनौती दिइरहेकी छन् । 
 

Advertisement

Advertisement