लोकप्रिय उम्मेदवार रवि लामिछानेको गाडी अज्ञात समूहद्धारा तोडफोड

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी आइतबार अज्ञात समूहले तोडफोड गरेको छ ।

घरदैलोका क्रममा मुग्लिनमा उक्त गाडी तोडफोड भएको सो पार्टीले जनाएको छ । गाडी तोडफोड गरिए पनि अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन्् । 

Advertisement

लामिछानेको गाडी ठूला दलका कार्यकर्ताले ढुंगा हानेर तोडफोड गरेको हुनसक्ने अडकल गरिएको छ । स्वतन्त्र पार्टीले आफूहरुको गाडीमा भएको तोडफोडले निष्पक्ष र भयरहित वातावरणमा चुनाव नगराउने र त्रास देखाउन खोजिए पनि आफूहरु विचलिन नहुने बताएको छ । 

Advertisement

Advertisement