कांग्रेस र कम्युनिष्टलाई ‘झाडु’ लगाएर बढार्ने रणनीतिमा नेपालका ‘केजरीवाल’हरु

Advertisement

काठमाडौं । भारतका एक लोकप्रिय मुख्यमन्त्री अरविन्द केजरीवालले सन् २०२० को दिल्ली विधान सभाको निर्वाचनमा आफ्नो नयाँ पार्टी आम आदमीलाई कुल ७० सिटमध्ये ६२ स्थान जित्दै निकै लोकप्रिय मतका साथ जिताएर पुनः मुख्यमन्त्री बन्न सफल भएका थिए । 

उक्त निर्वाचनमा भारतको पूरानो दल भारतीय राष्ट्रिय कांग्रेससहितको गठवन्धन शुन्य भएको थियो भने भारतीय जनता पार्टी (भाजपा)सहितको गठवन्धनले जम्मा आठ सिट मात्रै जितेको थियो । त्यसअघि सन् २०१५ को चुनावमा अझ बढी अर्थात ७० सिटमध्ये ६७ स्थानमा जितेर केजरीवालले आफ्नो पहिलो सरकार बनाउन सफल भएका थिए । 

Advertisement

पछिल्लो समय केजरीवालले आफ्नो लोकप्रियता अन्य राज्यमा समेत विस्तार गर्न लागेपछि अहिले भारतको सत्तारुढ दल भारजपा र कांग्रेसलाई उनलाई रोक्ने षडयन्त्रमा लागेको देखिन्छ । 

अहिले नेपालमा पनि संसदीय चुनावको मिति नजिकिँदै गर्दा पूराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोस निकै बढेको देखिन्छ भने साना भनिएका दल तथा स्वतन्त्रतर्फ जनताको आकर्षण देख्दा आसन्न निर्वाचनमा कतै दिल्लीकै परिणाती देखिने त होइन् ? भन्ने आशंका बढ्न थालेको छ । 

पछिल्लो समय राजेन्द्र लिङदेन र रवि लामिछानेका साथै उनीहरुले नेतृत्व गरेको पार्टीतर्फ मानिसहरुको आकर्षण निकै बढेको सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरुबाट प्रष्ट देख्न सकिन्छ । थुप्रै स्वतन्त्र उम्मेदवारहरु पनि निकै लोकप्रियता र चर्चाको शिखरमा देखिन्छ । लौरो अभियानको रुपमा पनि थुप्रैले अहिले उम्मेदवारी दिएको अवस्था छ ।  जनतालाई सुशासन र विकास दिन नसक्दा र भ्रष्टाचार मौलाउँदा पूराना दल र नेताप्रति जनताको वितृष्णा बढेको हो । 

अन्य देशको छाटो समयमै तीब्र विकास गर्दा पनि लामो समय सत्तामा बसेका का्रंग्रेस र कम्युनिष्टहरुले आर्थिक विकास र सुशासनको प्रत्याभूति दिन नसक्नु, जनताको जीवनस्तरमा खासै सुधार नदेखिनु, वैदेशिक हस्तक्षेप बढ्दा त्यसको प्रतिवाद गर्नुको सट्टा नेताहरु उनीहरुकै इशारामा काम गर्नु, नेता र कार्यकर्ताको जीवनस्तर फेरिँदा बहुसंख्यक जनता मुलुकमा अवसर नपाएर विदेशिन बाध्य हुनु, राजनीतिक भागबण्डाका कारण राज्यका निकायहरुले स्वतन्त्ररुपमा काम गर्न नसक्नु, जनताले न्याय र सुरक्षाको प्रत्याभूति गर्न नसक्नु, जघन्य अपराध र ठूला भ्रष्टाचारमा मुछिएकाहरुलाई दण्डित गर्न रोक्नु, राजनीतिक फाइदाका लागि जातिय र क्षेत्रीय सदभाव विगार्नेदेखि जनताको आस्थासँग जोडिएका धर्म र राजसंस्था जस्ता मुद्दामा जनमतबाट भन्दा पनि विदेशीको दबाबमा निर्णय गर्नेसम्मका कुराहरु जनताको वितृष्णाका प्रमुख कारणको रुपमा देखिन्छन् । 

राजधानी काठमाडौंबाट सुरु भएको राजनीतिक चेतना अहिले  ग्रामीण क्षेत्रमा पुगेको देखिन्छ । यो लहर हेर्दा कतै दिल्लामा केजरीवालले ठूला दललाई ‘झाडु’ लगाए जस्तो नेपालमा पनि लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सागर ढकाल, अर्जुन प्रसाईं जस्ता लोकप्रिय  स्वतन्त्र उम्मेदवारहरुले कांग्रेस र कम्युनिष्टलाई बढार्ने त होइन् ? भन्ने आशंका जनमानसमा देखिन थालेको हो । 

वैकल्पिक पार्टी र उम्मेदवारतर्फ जनताको आकर्षण बढ्दा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मधेसवादी दललाई यस पटक ठूलै धक्का लाग्नसक्ने धेरैको अडकल देखिन्छ । आफूहरुतर्फको जनताको वितृष्णा र वैकल्पिक दल तथा उम्मेदवारतर्फको आकर्षणबाट पूराना नेताहरु त्रसित रहेको पनि उनीहरुको अभिव्यक्तिबाट देखिन्छ । 

Advertisement

Advertisement