सबैले आदर गर्दै आएका केसी विवादमाः दलविशेषको उम्मेदवारलाई समर्थन

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गरेका छन् । सबैले आदर गर्दै आएका केसीले दलविशेषको एक उम्मेदवारलाई समर्थन गरेर विवादमा पर्ने काम गरेका हुन् । 

आइतबार एक भिडियो सन्देशमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायको अभियानमा झण्डै १० वर्षदेखि सक्रिय रहेका कारण आफूले बमलाई समर्थन गरेको तर्क गरेका छन् । 

Advertisement

कतिपयले भने बम प्रयोजित व्यक्ति भएको र जित्नभन्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रवीन्द्र मिश्रलाई हराउन उठाइएका व्यक्ति भएको आरोप लगाउने गरेका छन् । 

विवेकशील नेपाली दलको सह संस्थापक बम हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ को उम्मेदवार छन् । यो क्षेत्रबाट मिश्रसहित नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।

Advertisement

Advertisement