डा. तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्चद्धारा सदर

Advertisement

काठमाडौं । ललितपुर–३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतले सदर गरेको छ । 

सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।

Advertisement

निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि उनी अदालत गएकी थिइन् । कार्कीको पक्षमा सर्वोच्चले दिएको अन्तरिम आदेशविरुद्ध आयोग पुनः अदालत गएको थियो । भ्याकेट दिएको थियो । 

आज सर्वोच्चले कार्की लाभको पदमा बसेको भन्न नमिल्ने ठहर गर्दै उनको उम्मेद्वारी सदर गरेको हो । उनी नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र उनले सरकारी कोषबाट बैठक भत्ता बुझ्ने हुनाले लाभको पद भन्दै उम्मेदवारी बदर गरेको थियो । 

तर उम्मेदवारी दिनु निकै अघि आयोगमा काउन्सिलको सदस्य पद लाभको हो कि होइन् भनेर कार्कीले निवेदन दर्ता गराउँदा कुनै जवाफ नपाएको पत्रसहित समाचार बाहिर आएपछि कार्कीको पक्षमा ठूलो सहानुभूति बढेको थियो । 

Advertisement

Advertisement