चितवनमा रविमाथि खनिए ओली, आफ्नै उम्मेदवार सुरेन्द्र पाण्डेको समेत ब्याङग्य गरे

Advertisement

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेमाथि खनिएका छन् । 

भरतपुरमा आयोजित चुनावी सभामा सोमबार उनले रवि लामिछानेको आरलोचना गर्दै बाटो बिराएर समाचार पढ्नुपर्ने मान्छे चुनाव लड्न आएको बताए । 

Advertisement

ओलीले चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार रहेका डा. भोजराज अधिकारीलाई पनि बाँकी राखेनन् । बिरामी जाँच्नुपर्नेु मान्छेहरू उम्मेदवार बनेर आएको उनले बताए । 

ओलीले भने, ‘मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन् । कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडर यता आएका छन् । कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन । घण्टी बजाएका छन् । बाटो सोध्या छन् ।’

रवि लामिछानेको पक्षमा लहर देखिएपछि चितवन क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल र सत्तारुढ गठवन्धनबाट नेपाली काग्रेसका उम्मेदवार उमेश श्रेष्ठमाथि ठूलो चुनौति थपिएको छ । 

चितवन ३ मा सत्ता गठवन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा. अधिकारी हुन् भने सो ठाउँमा एमालेले कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गरेको छ । 

दिनेश कोइराला राजनीतिक मान्छे भएको ओलीले जिकिर गरे । रहर लागेर कोइराला स्वतन्त्र उम्मेदवार भएको होइन् भन्दै उनले कांग्रेसको केन्द्रीय सदस्य भइसकेको व्यक्ति निर्वाचित हुने विश्वास व्यक्त गरे । 

चितवन १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले भने यसअघि गल्ती गरे पनि अहिले सही ठाउँमा रहेको ओलीले बताए । उनले भने, ‘सुरेन्द्र पाण्डे पुरानो, भूमिगतकालदेखि संगठन गरेको मान्छे हो । एमालेको उपाध्यक्ष हो । कहिले मान्छेबाट सानोतिनो गल्ती हुन्छ । उहाँ पनि अलमलमा पर्नुभयो एक समय । हिँड्दा ठेस लाग्दैन भन्न सकिँदैन । अब सम्हालिएर उहाँ भुइँमा हेरेर हिँड्नेमा हुनुहुन्छ ।’ कृष्णभक्त पोखरेल क्षमतावान भएको ओलीको जिकिर छ । 

Advertisement

Advertisement