दाताहरुको निर्वाचन आयोगलाई प्रश्न– संविधानमा उल्लेख भएअनुसार महिला सहभागिता छ ?

Advertisement

काठमाडौं । नेपालका कुटनीतिक नियोगहरुले निर्वाचनमा संविधानअनुसार महिला सहभागिता भएनभएको बारेमा निर्वाचन आयोगसँग प्रश्न सोधेका छन् ।

निर्वाचनको तयारीबारे जानकारी दिन बोलाइएको उक्त कार्यक्रममा दाताहरुले महिला सहभागिताको सुनिश्चितता भएनभएको विषयमा चासो राखेका हुन् । 

Advertisement

आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई बोलाएको थियो । आयोग केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संसदीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न बताए । 

निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी गराउँदै उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समूदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताए । 

आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरुको बारेमा जानकारी गराए । उनले निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशिलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको बताए । 

भटराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा आठ हजार पर्यवेक्षक परिचालन गरिएको बताए । 

Advertisement

Advertisement