नेपाल बैंकले वार्षिकोत्सवको अवसरमा गर्यो कर्मचारीहरुबीच व्याडमिन्टन प्रतियोगिता

Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । 

बैंक कात्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ । उक्त अवसरमा आयोजित कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता २५ र २६ गते आयोजना भएको थियो । 

Advertisement

प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो । 

यस्तै, दोस्रो स्थानमा पुरुष सिंगलतर्फ ध्रुब दाहाल र महिला सिंगलतर्फ सविना थापा,  पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डवलतर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । 

कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए । कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो । नेपालभर २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको जनाएको छ ।  
 

Advertisement

Advertisement