रामचन्द्रजी प्रधानमन्त्री बन्ने संभावना छ, अत्यधिक बहुमतले जिताइदिनुहोलाः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने संभावना रहेकाले जिताएर पठाउन तनहुँवासीलाई आग्रह गरेका छन् । 

दमौलीमा सोमबार आयोजित चुनावी सभामा उनले पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताए । केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन पौडेलको ठूलो भूमिका रहेको बताउँदै प्रचण्डले पौडेल आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए ।

Advertisement

उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एक पटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईंहरूले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यस कारणले पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस् ।’

उनले गण्डकी क्षेत्रको विकासका लागि आफूहरु एकीकृतरुपमा लाग्ने दावी गर्दै ओलीले दुई दुई पटक संसद् विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए ।

Advertisement

Advertisement