विनोद चौधरीले चुनावी घरदैलोलाई तीब्रता दिए, ‘विकासका लागि राजनीतिमा आएको हुँ’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तीब्रता दिएका छन । 

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका उनले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका हुन् । 

Advertisement

चौधरीले विकासका लागि राजनीतिमा आएको बताए । उद्योगपतिसमेत रहेका उनले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए । 

चौधरीले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको बताए । उनले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन् । नवलपरासी–१ का मतदाता आफ्नो उम्मेदवारीबाट उत्साहित रहेको चौधरीको भनाई छ । 

Advertisement

Advertisement