‘काठमाडौं-१ का मतदाताले चौथो पटक पनि जिताइदिन्छन्, प्रधानमन्त्री बन्नु भनेका छन्’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् । बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले प्रधानमन्त्री बन्न सुझाव दिएको बताए । 

काठमाडौं– १  का मतदाताले चौंथो पटक पनि चुनाव जिताएर पठाउने बताएको जानकारी दिँदै सिंहले मतदाताले आफूलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताए । विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाई छ । 

Advertisement

सिंहले आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको दावी पनि गरे । उनले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्नेकुरा पहिलो माग राखेको बताउँदै गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताए । 

नेता सिंहले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए । उनले भने, ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । मलाई के भन्नुभएको छ भने ‘हामीले चुनेर पठाएर तपाईं उपप्रधानमन्त्रीसम्म बन्नुभयो । हामी फेरि पनि चुन्छाँै । तपाई प्रधानमन्त्री हुनुपर्यो भनिरहेका छन् । अधिकांशले भनेका छन् ।’ 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सिंह आशावादी भए पनि नेपाली कांग्रेसको गएको महाधिवेशनमा शेरबहादुर देउवालाई पुनः सभापति बनाउन आफ्नो अडान छोडेको, चुनाव जितेर गएपछि विरलै मात्रै फर्किएर आउने गरेको, संसदमा कहिल्यै आवाज नउठाउने गरेको, नदी किनारका सुकुम्वासीको समस्यासहित विकास निर्माणका कुरामा उदासिनता देखाएको भन्दै स्थानीय मतदाता उनीदेखि रुष्ट देखिन्छन् । 

Advertisement

Advertisement