देउवा र प्रचण्डले आलोपालो सत्ता चलाउने सहमति भइसक्यो, को पहिला ? टुंगिन बाँकी छः शर्मा

Advertisement

काठमाडौं । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउन बाँकी रहेको दावी गरेकी छन् । 

शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली काँग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताइन् । शर्माले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने ? भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी हुन आवश्यक नरहेको बताइन् । 

Advertisement

माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताइन् । शर्माले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने दावी पनि गरिन् र 

नेतृ शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताइन् । उनले लुम्बिनीको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको जिकिर गरिन् । पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको शर्माले बताइन् । 
 

Advertisement

Advertisement