स्याङ्जा– २ मा पद्माभन्दा धनराज अगाडि नै, स्वतन्त्र पार्टीलाई पनि सम्मानजनक मत

Advertisement

काठमाडौं । मतगणना जारी रहेको स्याङ्जा– २ मा सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन् । 

उनले नेकपा एमालेकी पद्मा अर्याललाई दुई हजार भन्दा बढी मतले पछि पारेका छन् । गुरूङले १५ हजार ८०५ मत ल्याउँदा अर्यालले १३ हजार ५६६ मत पाएकी छन् । 

Advertisement

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत पनि सम्मानजनक रहेको छ । सो पार्टीका टिकबहादुर गुरुङले पाँच हजार ९९२ मत प्राप्त गरेका छन् । मतदानमा कांग्रेसले बुथ कब्जा गरेर मृत्यु भइसकेका र विदेश गएकाहरुको नाममा मतदान गरेको भन्दै अर्यालसहितका उम्मेदवारले उजुरी दिएपछि ढिलो गरी मतगणना सुरु भएको हो । 

Advertisement

Advertisement