कामना सेवा विकास बैंकद्वारा २६औं शाखा रहित बैंकिङ सेवा सञ्चालन

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । 

बैंकले सेवा विस्तार गर्ने क्रममा मङ्सिर १८ गते आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा नपा वडा नं. ०३ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।  

Advertisement

तिलोत्तमा नपा वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

बैंकका सञ्चालक भिमप्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । 

Advertisement

Advertisement