पेनाल्टी सुटआउटबाट पहिलो पटक मोरक्को र फराकिलो गोलअन्तरले पोर्चुगल क्वाटरफाइनलमा

Advertisement

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत गए राति भएको खेलबाट मोरक्को र पोर्चगल क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

मोरक्कोले २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटबाट हराउँदै पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहीत भएपछि पेनाल्टीमार्फत विजेता छनौट गरिएको थियो । 

Advertisement

गोलकिपर यासिन बोनोले दुई पेनाल्टी बचाएपछि मोरक्कोले इतिहास बनाउन सफल भएको हो । निकै तीब्र र रोचक खेलमा गोल गर्न दुवै पक्षले गरेका प्रयास खेल गएका थिए । मोरक्कोलाई स्पेनले निकै दबाबमा राखे पनि उसले गोल हुन भने दिएन् । 

यसअघि क्रोएसियाले जापानलाई पनि पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । 

यस्तै, फराकिलो गोलअन्तरले स्वी्ट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोले नखेलेको यस खेलमा पोर्चुगलले ६–१ ले स्वी्ट्जरल्याण्डलाई हराएको हो । अघिल्लो खेलमा राम्रो खेल प्रस्तुत गर्न नसकेका रोनाल्डोको सट्टा फरवार्डर गोन्सालो रामोसले खेलेका थिए । उनले दुई गोल गर्न सफल भए । 

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा चार गोल थप्न सफल भएको थियो । ५८औं मिनेटमा स्वीजरल्याण्डले एक गोल फर्काउन सकेको थियो । पोर्चुगलले इन्जुरी टाइममा समेत गोल थपेको थियो । 

पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । 

Advertisement

Advertisement