म पनि पहिले खेलाडी थिएँः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । शनिवारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै उनले यस्तो दावी गरेका हुन् । 

खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताउँदै प्रचण्डले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने बताए । उनले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुची रहेको बताए ।

Advertisement

प्रचण्डले भने, ‘म आफैँ पनि आफ्नो युवाकालको एउटा खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति मेरो विशेष अभिरुची रहेको छ ।’ नेपाल खेलको लागि असाध्यै महत्वपूर्ण स्कोप भएको देश हो । 

हाम्रा प्राकृतिक विषमताहरु छन्, तराई, हिमाल, पहाडी भूभागहरु छन्, यहाँ विश्वका सबै खालका खेलहरु खेल्नका लागि नेपाल उपयुक्त छ । नेपाल खेलको महत्वपूर्ण सम्भावना भएको देश हो । भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको छ ।

Advertisement

Advertisement