संघीयता सफल बनाउन सुझाव चाहियोः देउवा, भ्रष्टाचार शुन्य नीति लिन स्थानीय तहलाई सुझाव

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका बताएका छन् । 

आईतबार राजधानीमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले निर्वाचनहरु निष्पक्ष ढंगले सम्पन्न भएको अब जनतामा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए । 

Advertisement

देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्ने काममा ढिलाई गर्न नहुने पनि बताए । जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाई, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेला सरकार लगायतका सबै सार्वजनिक सेवाहरुलाई प्रभावकारी रुपमा सबै तहमा लागु गर्नुपर्ने उनले बताए । 

देउवा भ्रष्टाचार शुन्य नीति लिएर अघि बढन पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्दै देउवाले भने, ‘अबको हाम्रो प्राथमिकता स्थानीय सरकारको सवलीकरण गरी नागरिकमा सुशासन र विकास  अनुभूति गराउने हुनु पर्दछ । संविधानको साझा अधिकारको रुपमा रहेको केही दुविधाहरु, अस्पष्टताहरुलाई थप स्पष्ट पार्दै संघीयताको सफल कार्यान्वयनका लागि अघि बढन हामी सबै एकजुट हुन आवश्यक छ ।’ 

मुलुकमा विद्यमान गरिवी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सक्ने गरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने उनले बताए । देउवाले दिगो विकास लक्ष्य अनुरुप अघि बढनगरी योजना तर्जुमा गर्न स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए । 

उनले भने, ‘देशको शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न छलफल हुनु आवश्यक छ । अपार प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोग गर्ने कुरामा स्थानीय सरकारको भूमिका बढाउँदै मुलुकमा व्याप्त गरिवी, बेरोजगारी अन्त्य, लैगिक हिंसा, छाउपढी, दाईजो, जातीय छुवाछुत तथा बाल विवाहलगायतका सामाजिक कूरीति अन्त्य गर्न स्थानीय तहदेखि नै गर्न आर्थिक विकासलाई प्रवद्र्धन तथा सामाजिक सचेतना जागरण अभियानको रुपमा संचालन गर्न स्थानीय तहले आगामी दिनमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने गरी स्थानीय तहको क्षमता विकास गर्न जरुरी छ ।’ 

Advertisement

Advertisement