व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना भएः अध्यक्ष मगर

Advertisement

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गरेका छन् । 

व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिनेगरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने मगरले बताए । 

Advertisement

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मानव अधिकार हनन् हुन नदिने काममा खवरदारी गर्न सम्बन्धित पक्ष बढि सक्रिय हुनुपर्ने समेत बताए । हरेक क्षेत्रको कानुन बनाएर मानव अधिकार हनन् हुन नदिन सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताउँदै उनले भने, ‘कुनै पनि किसिमले मानव अधिकार हनन् नहोस् भनेर व्यवसायीहरुले पनि जिम्मेवार हुनु पर्यो । उनीहरुले पनि मानव अधिकारको सम्मान गर्नु पर्यो ।’ 

मगरले थपे, सरकारले पनि व्यक्तिको मानव अधिकार हनन् भएको छ रोक्नुपर्यो । विजनेश हाउसहरु पनि सतर्क हुनु पर्यो । मानव अधिकार हनन् हुन नदिन मानव अधिकारबादीहरुले पनि खवरदारी गर्नु पर्यो ।’

अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन् हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए । उनले व्यवसायीहरुले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानुनी प्रबन्ध रहेको पनि स्मरण गराए । 

Advertisement

Advertisement