क्रोयसिलालाई हराउँदै अर्जेन्टिना छैटौं पटक विश्वकप फाइनलमा

Advertisement

काठमाडौं । दुई पटकको विश्वकप विजेता अर्जेन्टिना जारी कतार विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । 

क्रोयसियलाई ३–० ले हराउँदै बुधबार बिहान अर्जेन्टिना विश्वकप फाइनलका प्रवेश गरेको हो । पहिलो हाफको ३४औं मिनेटमा पेनाल्टी गोल गरेर अग्रता लिएको उसले ३९औं र ६९औं मिनेटमा गोल थपेर आफ्नो जित सुनिश्चित गरेको छ । 

Advertisement

अघिल्लो खेलहरुमा सशक्त प्रस्तुती देखाउँदै आएको क्रोयसियालाई अर्जेटिना भारी परेको छ । क्रोयसिया पनि विश्वकप फुटबलमा छैटौं पटक विश्वकप फुटबलमा प्रवेश गर्ने प्रयासमा थियो । तर अर्जेटिनी क्याप्टेन लियोनेश मेस्सीको जादुमय खेल र उनको सशक्त टिमसँग पराजित हुन पुग्यो । 

क्रोयसियाले गोल गर्ने धेरै महत्वपूर्ण अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन् । अघिल्ला खेलहरुमा निर्णायक भूमिका खेलेका क्रोयसियाका गोलकिपरले आज भने सशक्त भूमिका खेल्न सकेनन् । 

अब अर्जेटिनाले बिहीबार हुने सेमिफाइनल खेलका प्रतिस्पर्धीहरु फ्रान्स र मोरक्कोमध्ये एकसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । 

Advertisement

Advertisement