गोलको बर्षासहित नेपालद्धारा माल्दिभ्स पराजित, रेखा एक्लैले गरिन पाँच गोल

Advertisement

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले ११–० को फराकिलो गोलअन्तरले जित निकालेको हो ।

Advertisement

नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् भने प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरे ।

च्याम्पियनसिपको दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना अधुरै भएको छ र 

आजको खेलको पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो । खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।

नेपाली खेलाडीले साफ वुमन्स च्याम्पियनसिपमा २०१६ पछि पहिलो पटक ह्याट्रिक गरेको हो । सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो संस्करणको साफमा सावित्रा भण्डारीले माल्दिभ्स विरुद्ध नै ह्याट्रिकसहित ५ गोल नै गरेकी थिइन् ।

Advertisement

Advertisement