हयात रिजेन्सी होटलभित्र नयाँ रेस्टुरेन्ट सञ्चालनमा, क्रिसमसमा विशेष अफर

Advertisement

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले अर्को नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । यसअघि तीन वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको यस होटलले ‘सेसमी’ नामक फरक स्वाद र वास्तुकलाको रेष्टुेन्ट सञ्चालन गरेको हो । 

गत नोभेम्बर १ देखि यो रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । यसअघि होटलले रक्स्, टेरस, द लिभिङ रुम गरी तीन वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको थियो । एसियन, इन्डियन र युरोपियन गरि तीन वटा भान्साहरु रहेका छन् । सेसमीमा खाना खाने ग्राहकहरुबाट राम्रो प्रतिक्रिया आइरहेको होटलकी बजार व्यवस्थापन प्रमुख सुदिका प्रधानले बताइन् । 

Advertisement

उनले भनिन, ‘सेसमीको अर्थ सिड् (बीउ) हो । त्यो सिड चाह्रि हरेक भान्सामा प्रयोग हुन्छ । त्यो सिड एसियाली, भारतीय र युरोपेली खानामा पनि प्रयोग हुन्छ । त्यही भएर सेसमी भनेर रेस्टुरेन्टको नाम राखेका हौं ।’ 

एक सय ७८ जना अटाउने यस रेष्टुरेन्टमा करिब २५ जना कर्मचारी कार्यरत छन् । प्रधानका अनुसार सेसमी रेस्टुरेन्ट एक अद्वितीय भोजन गन्तव्य हो जसले प्रामाणिकता समेट्छ । परिवार र साथीहरूसँग डिनरहरूको लागि उत्तम ठाउँ सेसमी हुनसक्छ । 

पूराना अनुभवी शेफहरूद्वारा तयार पारिएका एसियाली, भारतीय र युरोपेली खानाको प्रामाणिक मिश्रण प्रदान गर्ने यो रेष्टुरेन्टमा ‘क्रिसमस डे’को लागि पनि विशेष अफर ल्याइएको छ । 

अफर यो दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्मका लागि लागू हुने बताउँदै प्रधानले रेष्टुरेन्टमा बालबालिकाको लागि खेलहरु पनि राखेको जानकारी दिइन् । सेसमी रेस्टुरेन्टमा भारतबाट २० वर्ष अनुभव प्राप्त शेफ गोपाल सेइत र १५ बर्षे अनुभवी थाई शेफ सिरिपोन करासैइ कार्यरत छन् । एसियन, इन्डियन र युयोपियन गरी २८ वटा परिकारहरुको स्वाद यस रेष्टुरेन्टमा लिन सकिन्छ । 


 

Advertisement

Advertisement