काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।
मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपियाँ ५७ पैसा र बिक्रीदर ८८ रुपियाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपियाँ ९६ पैसा र बिक्रीदर ८९ रुपियाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ५२ पैसा र बिक्रीदर ९६ रुपियाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपियाँ ७४ पैसा र बिक्रीदर ९७ रुपियाँ १७ पैसा कायम भएको छ ।
साथै आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपियाँ ३९ पैसा र बिक्रीदर एक सय ४७ रुपियाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ५६ रुपियाँ ५२ पैसा कायम गरिएको छ ।
बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ०१ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ८२ पैसा र बिक्रीदर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९० पैसा र बिक्रीदर १८ रुपियाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७५ पैसा र बिक्रीदर ३५ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ र बिक्रीदर चार रुपियाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ९० पैसा र बिक्रीदर ३१ रुपियाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७३ पैसा र बिक्रीदर नौ रुपियाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५६ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ६३ पैसा र बिक्रीदर १९ रुपियाँ ७१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २८ पैसा र बिक्रीदर १७ रुपियाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ १८ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ७७ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।