रविको साँसद पद खारेजी माग्दै एक वकिलद्धारा रिट दायर, सभापति पद पनि खारेज गर्न माग

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै एक वकिलले सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका छन् । 

राजनीतिमा लोकप्रियतासँगै धेरै ठाउँमा आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन सफल भएपछि ठूला दल र नेताहरुको निशानामा परेका रविविरुद्ध युवराज सफलले संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । 

Advertisement

उनले रविको साँसद पदसँगै पार्टीको सभापति पदसमेत खारेज गर्नुपर्ने माग गरेका छन् । रिटमा निर्वाचन आयोग, संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ । रविमाथि नियन्त्रण कायम गर्न उनको नागरिकतालाई ठूला दल र नेताहरुले हतियार बनाउन लागेको भन्दै विरोध भइरहेको बेला अदालतमा पनि रिट दायर गरिएको छ । 

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रविले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा साँसद र दलको अध्यक्ष रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएकोले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ । यद्यपि रविदे अमेरिकाको नागरिकता यसअघि नै परित्याग गरिसकेको बताइसकेका छन् । परित्यागपछि नेपालको नयाँ नागरिकता लिनुपर्नेमा पूरानै नागरिकता प्रयोग गरेको उनका विरोधीहरुको तर्क छ । 

Advertisement

Advertisement