काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, शेयर संख्या भने खुलाइएको छैन ।
यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा रहेको कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।
साथै, शेयर संख्या र बिक्री मूल्यबारे कम्पनीसचिवको कार्यालयबाटै जानकारी लिन भनिएको छ ।
तोकिएको समयभित्र आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।