श्रीलंकाको अर्थतन्त्र २०२४ मा सुधार हुन्छः राष्ट्रपति

Advertisement

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल विक्रमासिङ्घेले शनिबार बताएका छन् । 

यो सँगसँगै सरकारले कार्यान्वयन गरेका आर्थिक आयोजना र ऋण पुनर्संरचना कार्यक्रम अवरुद्ध भए मुलुक आर्थिक सङ्कटमा फस्ने खतरा रहेको राष्ट्रपतिले चेतावनी दिए । ।

Advertisement

उत्तर मध्य प्रदेशको राजधानी अनुराधापुरामा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले यस्तो टिप्पणी गरेका हुन् । रासस–सिन्ह्वा 

Advertisement

Advertisement