पौने १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै सरकार, मंगलबार निष्कासन हुने

Advertisement

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १७ अर्ब ७५ करोड  रुपियाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्दै छ । 

कार्यालयले ५ अर्ब रुपियाँबराबरको नयाँ तथा १२ अर्ब ७५ करोड रुपियाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो । 

Advertisement

बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । 

सरकारले ५ अर्बको २८ दिने र ७ अर्ब ७५ करोडको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गरेको हो । 

चालू आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाउने तालिकाअनुसार सरकारले यसअघि नयाँ ट्रेजरी बिल जारी गरेर ३० अर्ब तथा विकास ऋणपत्र बिक्री मार्फत ८० अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

 

Advertisement

Advertisement