आजको मौसम : बागमती, काेशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

Advertisement

काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

Advertisement

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

Advertisement

Advertisement